बिहिवार, कार्तिक ६ गते २०८३

भोजन व्यवस्थापनबाट पैसा कमाउँदै कांग्रेस केन्द्रीय सदस्य पाण्डे

सोमवार , मंसिर २७, २०७८

काठमाडौ । नेपाली कांगे्रसको महाधिवेशनमा भोजन तथा आवास व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाएका निवर्तमान केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले टेण्डर दिँदा अनुचित फाइदा लिएको भनेर गुनासो आएको छ । कोटेशन आव्हान गरिएकोमा सस्तो दरले खाना खुवाउँछु भनेकालाई नदिएर आफ्नो सेटिङमा भएका पार्टी प्यालेसलाई दिएको रहस्य खुलेको छ । खाना तथा खाजा खुवाउने टेण्डर दियालो पार्टी प्यालेस र अनुपम फुडल्याण्डले पाएका छन् ।

स्रोतका अनुसार, दियालोमा पाण्डेको शेयर रहेको छ भने अनुपम उनको साथीको हो । स्काई दरवार बैंक्वेट, स्काई पार्टी प्यालेस र लर्ड प्यालेसलगायतलले पनि कोटेशन फारम भरेका थिए । स्काईका एकजनाले भने ‘कोटेशन मागेको थियो हामीले पनि फारम भरेका हौं, सस्तो मूल्य राखेका थियौं तर पाइएन’ उनले भने ‘ समितिको संयोजकको पनि लगानी भएको प्यालेस थियो अरे र साथीको पनि थियो त्यसैले पायो भन्ने सुनेको हो ।’ उनले अहिले भोजनको जिम्मा पाएको पार्टी प्यालेसले आफूले राखेको मूल्यभन्दा सस्तोमा नखुवाएको हुन सक्ने बताए । उनले खाजाको पनि मूल्य सामान्य राखिएको बताए ।

264476259_424160142713393_3943249587630499196_n.jpg

उनले बिहानको खानाको मूल्य ५ सय ८० र बेलुकाको ६ सय रुपिँयामा खुवाउन आफू तयार भएको बताए । यो मूल्यमा भ्याट जोडिने गरी उनले कोटेशन भरेका थिए । भोजन तथा आवास व्यवस्थापन समितिका एक सदस्यले खाना र खाजाको मूल्यबारे आफूलाई केही थाहा नभएको जनाए । ‘संयोजकले नै कुरा गर्नुभएको हो, मूल्य कति हो थाहा भएन ’ उनले भने । उनले खान र बस्न कसैलाई असहज नभएको पनि दाबी गरे । तर महाधिवेशन प्रतिनिधिहरुले भने खानामा अस्तव्यस्तता भएको र बसोबासको पनि सहजता नभएको आरोप लगाउँदै आएका छन् ।

समितिले २४, २५ र २६ गतेका लागि दैनिक ८ हजार जनालाई चिया, खाजा र खाना खुवाउने गरी कोटेशन मागेको एक पार्टी प्यालेस सञ्चालकले बताए । टेण्डर गुपचुप राखेर संयोजक पाण्डेले आफूखुशी काम गरेको आरोप लागेको छ । पाण्डे निवर्तमान निर्वाचित केन्द्रीय सदस्य हुन् । उनले यसपालि पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

यो समाचार बाहिरिएपछि पाण्डेमाथि अनेक प्रश्न गर्न थालिएको छ । पार्टी नेतृत्वलाई समेत अलमलमा पारेर पाण्डेले खाना र बस्नका लागि छुट्याइएको रकममा गरेको अनियमितता बाहिरिएको छ । उनले महँगो दर भए पनि आफ्नै पार्टी प्यालेसलाई टेण्डर दिएको र आर्थिक प्रलोभनमा फसेको भन्दै जान्नेबुझ्नेहरुले उनको कार्यशैलीको विरोध गरेका छन् । उनी राष्ट्रियसभाका संसदीय दलका पूर्व सांसद र संसदीय दलका नेता पनि हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार