आइतवार, श्रावण २४ गते २०८३

बहुप्रतिक्षित चलचित्र 'प्रेमगीत ३' को हिन्दी संस्करणको सबै गीतको काम सकियो

बुधवार , मंसिर २९, २०७८

काठमाडौं। बहुचर्चित नेपाली चलचित्र 'प्रेमगीत ३' हिन्दी संस्करणको सबै गीतको काम सकिएको छ । 'प्रेमगीत ३' नेपाली र हिन्दि भाषामा विश्वभरी प्रदर्शन हुदैछ। चलचित्र 'प्रेमगीत ३' को हिन्दी संस्करण पार्श्वगायक गायिकामा बलिउडका चर्चित गायक, म्युजिसियन तथा गीतकार आवद्ध भएका छन् ।

'ये सनम तुही तु' बोलको गीतमा राहत फतेह अली खानले आवाज दिएका छन्, भने अर्को गीत 'तुम प्यार हो' मा अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन् । त्यस्तै अर्को डान्सिड नम्बर गीत 'मुझ्मे बस् जना' देव नेगी र पलक मुछालले स्वर भरेका छन ।

भने चर्चित गीतकार कुमार र एम तुराज को लेखन रहेको छ । गीतमा अस्लाम केयीले संगीत भरेका छन । चलचित्र फागुन १३ गते प्रदर्शनमा आउने गरी यसअघी नै डेटलक गरीसकिएको छ ।

दर्शक माझ निकै प्रतिक्षा रहेको चलचित्र 'प्रेमगीत ३' ले नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ ऊँचाईमा पुर्याउने बिश्वास लिएइको छ । कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र प्राय ठप्प भएको समयमा चलचित्र प्रेम गीत ३ टीम भने मुम्बईमा हिन्दी भाषामा फिल्म रिलीज़ गर्ने गरी आफ्नो काम धमाधम गरिरहेको थियो ।

हाल फिल्मको हिन्दीमा डबिङ्ग संगै सम्पादनको सम्पूर्ण काम सकिएर फिल्मको ट्रेलर रिलिज र बजार व्यवस्थापनको लागी निर्माता र निर्देशक संतोष सेन, अभिनेता प्रदीप खड़का र कार्यकारी निर्माता चक्र बहादुर चन्दको टीम मुम्बईमा रहेको छ । चलचित्रलाई हिन्दी भाषामा रिलिज गर्ने प्रक्रियाको लागी टीम मुम्बईमा बसेर आफ्नो कामलाई तिब्रता दिइरहेको छ ।

262465384_4951848408200201_4692507389376605807_n.jpg

प्रेमगित ३ चलचित्रलाई वलिउडका चर्चित सम्पादक सञ्जय शुक्लाले सम्पादन गरेका हुन । सूर्याबशी, तड़प, भुज, अंतिम जस्ता दर्जनौ बलीउडका ब्लकबस्टर फिल्ममा ब्याकग्राउन्ड स्कोर दिएका अमर मौलीले ब्याकग्राउन्ड स्कोर भरेका छन । फिल्मको ट्रेलर बन्टीनेगीले काटेका हुन ।

स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतकोअभिनय रहेको छ । फिल्मको कथा र पटकथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

259644554_1076012643200055_1114450387750857089_n.jpg

फिल्मको छायाँकन राजेश श्रेष्ठ र पुरुषोतमप्रधान सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन । फिल्ममा नेपाली भाषामा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिएका छन् । चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारीनिर्मातामा छन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार