बिहिवार, कार्तिक ६ गते २०८३

इन्जिन फेल भएपछि बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण

बिहिवार , पौष १, २०७८

काठमाडौं। बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले चितवनको भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो । जहज १ बजेर १६ मिनेटमा उडेको थियो ।

उडेको २ मिनटमै  पाइलटले  कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए । त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

जहाजलाई धावनमार्गबाट खाली गराउन लागिएको विमानस्थलले जनाएको छ । यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् । १८ जना यात्रु चढेको अहिले जहाज धावनमार्गमै छ । यात्रुहरुलाई सुरक्षित रुपमा निकालेर विमानस्थल बन्द गरिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार