बिहिवार, कार्तिक ६ गते २०८३

देशका यी भागमा आजदेखि हिमपातको सम्भावना

शुक्रवार , पौष २, २०७८

काठमाडौं। देशका अधिकांश भू-भागमा आजदेखि हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय  प्रणालीका कारण देउसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका विभिन्न स्थानमा हिमपात हुने सम्भावना छ ।

साथै सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना छ । हाल बाग्मती र गण्डकी प्रदेशको पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत घट्ने भएकाले चिसो अझ बढ्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बढ्ने चिसोका कारण पर्वतारोहण, हवाईसेवा, यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार