बिहिवार, कार्तिक ६ गते २०८३

ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रक जलाइदिए

शुक्रवार , पौष २, २०७८

काठमाडौं। चितवनस्थित भरतपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोसित बनेको स्थानियले ट्रक जलाइदिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख १३०६ नम्बरको ट्रकले सडकमा रहेकी २ वर्षे बालिकालाई आज दिउँसो करिब १ बजे ठक्कर दिएको हो।

भरतपुर महानगरपालिका वडा नम्बर १२ का विनोद जोशीका दुई वर्षिय छोरीको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेको ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख भगवानराज थापाले जानकारी दिए।

ट्रक जलेर ध्वस्त भएको छ । ट्रक जलेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र दमकलको सहायताले  ट्रकको आगो निभाएका छन् । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भिड तितरबितर पार्ने प्रयास गरेको छ । दुर्घटना भएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थितिलाई लाई सामान्य बनाउन र बाटो खुलाउने प्रयास भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार