काठमाडौं। जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आशंका गरेका छन् । जेआर ओसाका स्टेसननजिकै रहेको भवनको चौथो तल्लामा आगो लागेको जनाइएको छ ।
आगो स्थानीय समयअनुसार शुक्रबार बिहान १०:४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ । करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीको कारण अज्ञात रहेको बताएको छ ।