बिहिवार, आश्विन १५ गते २०८३

उत्तर कोरियामा १० दिनसम्म खुसी हुन रोक लगाइयो, यस्तो छ कारण

शुक्रवार , पौष २, २०७८

काठमाडौं। उत्तर कोरियाले आफ्ना नागरिकलाई १० दिनसम्म खुसीयाली मनाउन बन्देज लगाएको छ । आफ्ना नेता किम जोन इलको १०औँ स्मृति दिवसलाई १० दिनसम्म मनाउने निर्णय गर्दै नागरिकलाई शोकको समयमा खुशी नदेखिन सरकारले निर्देशन दिएको हो ।

किम जोन इलले सन् १९९४ देखि २०११ सम्म उत्तर कोरीयामा शासन गरेका थिए । ’शोकको यो समयमा कुनै पनि नागरिकले मदिरा सेवन गर्न वा रमाइलो गर्न पाउने छैनन् । जन्मदिन पनि मनाउन निषेध छ भने यो अवधिमा कसैको मृत्यु भएमा अन्तिम संस्कापर पनि गर्न पाउने छैनन्,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार