आइतवार, श्रावण २४ गते २०८३

मिस वर्ल्ड २०२१ को फाइनल स्थगित

शुक्रवार , पौष २, २०७८

काठमाडौं। मिस वर्ल्डको फाइनल स्थगित भएको छ । केही प्रतियोगीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रतियोगिता रोकिएको हो । मिस वर्ल्ड २०२१ को फाइनल अमेरिकी द्वीप पोर्टो रिकोमा आयोजना हुँदैछ ।
फाइनल सुरु हुनुभन्दा केही घण्टा पहिले आयोजकले प्रतियोगिता स्थगित भएको जनाएको छ ।

कोरोना पोजिटिभ देखिनेहरूमा भारतकी मिस इन्डिया वर्ल्ड मनसा वारणसी पनि रहेको बीबीसी हिन्दीले जनाएको छ । आयोजकले प्रतियोगी र कर्मचारी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आगामी ९० दिनभित्र यो प्रतियोगिता पुन: आयोजना गरिने जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार