काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ९८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ७ हजार ५८ जनामा गरिएको पिसिआर परीक्षणबाट १ हजार ६ सय ३९ जना र ३ हजार ९ सय ५४ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ७ सय ५९ जनामा संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार आज देशभर १२ संक्रमितको मृत्यु भएका छन् । २ हजार ७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।