बिहिवार, कार्तिक ६ गते २०८३

सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक युवकको मृत्यु, एक घाइते

आइतवार , पौष ४, २०७८

काठमाडौं। सिरहाको गोलबजार नगरपालिका– ६ मा दुई समूहबीच ​ भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार नगरपालिका-६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका-९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुई समूहबीच ​ झडप भएको र घाइते भएको जनाएको छ । प्रहहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार