बिहिवार, कार्तिक ६ गते २०८३

बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा लागेको आगो नियन्त्रणमा, दुई करोड क्षति

सोमवार , पौष ५, २०७८

काठमाडौं। नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा भएको आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीबाट दुई करोड रुपैयाँ बढीको क्षति भएको छ । सोमवार दिउँसो तिनबजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी भएको हो ।

आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उदृध गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिए । दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करीब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उनले बताए।

प्रारम्भिक अनुसन्धानमा इन्भर्टरमा आगलागी भएर आगलागी फैलिएको देखिएको उनले जानकारी दिए । काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार