काठमाडौं। बलिउड अभिनेत्री एवं मोडल पुनम पाण्डे पतिबाट अलग भएकी छन् । वैवाहिक सम्बन्ध सोचे जस्तो नभएपछि उनले पति सेम बाम्बेलाई छाडेकी हुन् ।
पुनमले आगामी केही वर्षसम्म कोहीसँग पनि डेट नगर्ने खुलाएकी छन् । यद्यपि आफ्नो हुनेवाला दुलाहा कस्तो हुनुपर्छ भनेर उनले सर्त राखेकी छन् ‘म अहिले जुन पीडाबाट गुज्रिरहेको छु, त्यसबाट विस्तारै माथि उठ्दैछु ।
म पहिलेजस्तै सेक्सी देखिने प्रयासमा छु’, उनले भनेकी छन् । उनले आफूसँगै सम्बन्धमा रहेको दाबी गरेका छन् । उनले आफूसँग सम्बन्धमा रहनु आनन्ददायक रहेकाले आगामी पाँच वर्षसम्म एकल जीवन बिताउने उल्लेख गरेकी छन् ।
उनले तनाव कम गर्न थेरापिस्टसँग नियमित सम्पर्कमा रहेकाले विस्तारै ठीक हुँदै गएको जनाएकी छन् । अभिनेत्री कैटरिना कैफबाट प्रभावित पुनमले अभिनेता बिक्की कौशल जस्तो दुलाहा मिलेमा विवाह गर्ने बताएकी छन् । सेमसँग विवाह गरेपछि पुनमले सेममाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।