काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा बढेको जनलहर रोक्ने कुनै तागत कसैसँग पनि नभएको दावि गर्नुभएको छ । गृहनगर झापाको दमक ३ मा निर्माणाधिन भ्युटावर अवलोकनका लागि पुग्नुभएका ओलीले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी स्थापित हुने निश्चित भएको दाबी पनि गर्नुभएको छ । एमालेको जनलहर बढे पछि आत्तिएकाहरुले आफु नेतृत्वको सरकार ढालेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले आगामी निर्वाचनको परिणामले पुनः एमालेलाई सरकारको नेतृत्वमा पुर्याउने ठोकुवा गर्नुभयो ।
विगतमा एमालेको नेतृत्वमा सरकार हुँदा त्यसबेलाका आफ्नै पाटीका केहि नेताहरुले हात खुट्टा तानेको उल्लेख गर्दै ओलीले जनताले त्यसको हिसाव किताव चुनावमा गर्ने पनि बताउनुभयो । तीन दिने जिल्ला बसाईका क्रममा ओली हिँजो झापा पुग्नुभएका ओलीले दमक ७ मा ३ दिन सञ्चालन भएको स्वास्थ्य शिविरको समेत समापन गर्नुभएको छ । उहाँ भोली समेत आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न कार्यक्रममा सहभागी हुने जनाईएको छ । आलीले आईतबारनै दमक ३ मा विपन्नका लागि तीनै तहका सरकारको लागतमा निर्माण भएका ३३ ओटा घर पनि हस्तान्तरण गर्नुभयो ।