काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न लागेको बताएका छन । न्यूज लाइन्स् मिडिया प्रालिको छैटौँ वार्षिकोत्सवका अवसरमा शनिवार रोयल भिल्ला रिसोर्टमा आयोजित ‘वार्षिकोत्सव एवं सम्मान’ कार्यक्रममा उहाँले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न वर्तमान सरकार लागेको बताएका हुन ।
“समृद्ध नेपाल निर्माणका लागि सरकार लागेको छ, सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माण गर्दैछ”, उनले भने । मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिका रहेको बताउँदै विदेश जाने युवाका लागि तालिम प्रदान गर्न सरकारले सातै प्रदेशमा तालिम केन्द्र निर्माण गर्न लागेको बताए । सामाजिक सुरक्षा कोषलाई सरकारले कडाइका साथ लागू गर्न खोजेको र यसमा सहयोग गर्न सबैलाई श्रेष्ठले आग्रह गरे ।
कार्यक्रममा बिशेष अतिथी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको मेरुदण्डका रूपमा नेपाली पत्रकारिता क्षेत्र अगाडि बढेको भन्दै सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्ने बताए । पूर्वमन्त्री केसीले अनलाइन पत्रकारिताले जनतालाई तत्काल सुसूचित गर्ने कार्य गरेको बताउँदै आवाजविहीनहरूका आवाज बन्न अनलाइनलाई आग्रहसमेत गरे ।
कार्यक्रममा बिशेष अतिथी गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले सरकारले मध्यपुर्वका नेपालीलाई प्राथमिकता दिनुपर्ने बताए । अध्यक्ष मुक्तदाले मध्यपुर्व रेमिटेन्सको खानी भएको जनाउदै यहाँ कार्यरत नेपालिको सिप,अर्थतंत्र र ज्ञानलाई देश बिकाशमा लगाउनु पर्ने बताए ।
उनले बिदेशमा बस्ने नेपालीले २ बर्षमा पठाएको रेमिटेन्स बराबरको रकम सरकारले अनुदान दिनुपर्ने नया नियम लागु गर्न मन्त्री श्रेष्ठलाई आग्रह गरे । अध्यक्ष मुक्तदाले मध्यपुर्वमा अर्ददक्ष र दक्ष कामदार पठाउन सरकारलाई आग्रह गर्दै कतारमा हुदै गरेको विश्वकप २०२२ बाट नेपालले धेरै फाईदा लिन सक्ने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले नेपाली अनलाइनले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-४ का सभापति एवं समाजसेवी रामप्रसाद न्यौपानेले अनलाइन मिडियाले समाजमा भएका कमजोरीलाई कुनै लोभ र लालचमा नपरी औँल्याउनुपर्ने बताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल ९टान०का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाले थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुन:उत्थान गर्नका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । कोरोना भ्याक्सिन लगाएका पर्यटकलाई नेपालमा निर्वाध हिँड्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
लाइन्स मिडियाका प्रधानसम्पादक राजु भट्टले पत्रकारिताको भावना र मर्मअनुसार आफ्नो मिडियाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको बताए । कार्यक्रममा सार्थक नेपाल अभियानका अध्यक्ष भरत गौतम, नेकपा ९एकीकृत समाजवादी० बागमती प्रदेश सदस्य भक्त श्रेष्ठ, पत्रकार सरोज ओझालगायतले अनुशासित र मर्यादित ढङ्गले पत्रकारिता गर्न आग्रह गरे ।
न्यूज लाइन्स मिडियाकी प्रबन्ध निर्देशक रीता ढकालले समृद्ध नेपाल निर्माणका लागि सकारात्मक समाचार सम्प्रेषणलाई न्यूज लाइन्स सधैँ अग्रभागमा बसेर कलम चलाउने बताईन ।
कार्यक्रममा समाजमा विशेष योगदान पुर्याउने रामप्रसाद न्यौपाने,सन्तोष कोईराला, शिवहरि गिरी, नीरज सिटौला, पुष्कल मल्ल, अनिल पोखरेल, शिवलोचन पराजुली, महेशजङ्ग कुँवर,आनि भीम सुवा गुरुङ, तुलसा कोइराला, भक्तबहादुर (बिबी) कार्की, नवीना खड्का, भुषण महर्जन र सोभा पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जनसवाल रास्ट्रीय दैनिकका संपादक रामजी बगाले,एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,सुनेरा नेपालका सन्तोष कोईराला ,सगरमाथा पोस्टका संपादक रबिन थपलिया,पत्रकार सरोज ओझा,पत्रकार सागर श्रेस्ठ,पत्रकार रंजित धमला, पत्रकार जिवन शर्मालगाएतका समाजमा अग्रणी भुमिका निभाएका ब्यक्तित्वलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।