आइतवार, श्रावण २४ गते २०८३

उर्मीला उप्रेतीले जितिन् 'मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१' को उपाधि 

सोमवार , पौष २६, २०७८

काठमाडौं। मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया उर्मीला उप्रेती सिलवालले जितेकी छिन् । रिबन इन्टरटेनमेन्टको आयोजनामा बिवाहित महिलाहरु बीच काठमाडौंमा गराइएको प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुतीका साथ सिलवालले ताज जितेकी हुन् ।

2.jpg

मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि हात पार्न सफल भएकी सिलवालले आउँदो अप्रिल २०२२ मा म्यानमारमा हुने मिसेस इन्टरनेशनलमा नेपालका तर्फबाट भाग लिनेछिन् । जहाँ विभिन्न देशबाट उनी जस्तै उपाधी हासिल गर्न सफल सुन्दरी महिलाहरु प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

6.jpg

को हुन उर्मीला उप्रेती सिलवाल ?

आरसी सेन्टर लुम्बिनीको भिपि, नेपाल नियमित  रक्तदाता संघ भिपि, मन्टेश्वरी  एसोसिएसन अफ भैरहवाको भिपि साथै लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कुल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रिन्सीपल हुन उर्मीला उप्रेती सिलवाल ।

विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा संलग्न सिलवाल विद्यार्थीहरुको सुन्दर भविस्यका लागि तल्लिन रहदै विशिस्ट योगदान पुर्याउदै आएकी छिन् । हालसम्म ३०० भन्दा बढी शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिएकी उनी मन्टेश्वरी शिक्षा प्रवाह गर्ने टप ट्रेनर समेत हुन् ।

3.jpg

सिलवालले भविष्यमा अन्तराष्ट्रियरुपमै यस्ता लाखौं शिक्षक उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको समेत बताएकी छन् ।पाँचजना बालबालिकाबाट नि:शुल्क शिक्षा अभियान प्रारम्भ गरेकी सिलवालले अभियान अन्तर्गत लाखौंको संख्या पुर्याएर शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने आफ्नो लक्ष्य रहेको बताएकी छिन् ।

4.jpg

सिलवाल क्यानडामा रहेको डोमेष्टिक वर्कर युनाइट नामक संस्थाको २०१७ देखि नेपाल संयोजक रहेर काम गरेकी छन् । सिलवालले जीवनमा सिक्ने सिकाउने काम निरन्तर रहने हुनाले आफु यस्ता नयाँ काममा भाग लिनका लागि सधै उत्साहित रहेको बताउँदै उक्त प्रतियोगितामा भाग लिएको र उपाधि जित्न सफल भएकोमा खुशी व्यक्त गरिन्।

1.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार