काठमाडौँ। लोकप्रिय गायक टंक तिमिल्सैनाको नयाँ गीत ‘भेना–साली’ सार्वजनिक भएको छ।
गीतलाई उनले आफ्नै युट्युब च्यानल टंक तिमिल्सैनाबाट सार्वजनिक गरेका हुन्।
गीतमा शब्द र संगित पनि उनले आफै गरेका छन्।
बिहिबार सार्वजनिक भएको गीललाई करिव साढे १७ हजार पटक हेरिएको छ।
गीतको भिडियोमा उनीसहित अन्य कलाकारको अभिनय रहेको छ।
जसमा जेनिशा न्यौपाने र सन्तोस मगरातीको अभिनय देख्न सकिन्छ।
भिडियोको निर्देशन शेर साउदले गरेका हुन्।