आइतवार, श्रावण २४ गते २०८३

समृद्धिको आवाजमा ‘चिरबिर गर्ने चरीले’

सोमवार , फाल्गुण ९, २०७८

काठमाडौं। गायिका समृद्धि परियारको आवाजमा 'चिरबिर गर्ने चरीले' बोलको गीत सार्वजनिक भएको छ। गीतमा विजय मगरको शब्द आदेश गुर्मछानको संगीत तथा संयोजन छ। गीतको भिडियो बिजयले नै निर्देशन गरेका छन्।

भिडियोमा समृद्धि आफैले अभिनय गरेकी छन्। भिडियोको छायांकन र सम्पादन भने सुवाश शाहले गरेका छन्। साङ्गीतिक परिवारमा हुर्किएकी समृद्धि सानैदेखि गायनमा रुचि राख्ने गर्थिन्। संगीतकर्मी बुवा स्वर्गीय बिक्रम परियार साङ्गीतिक क्षेत्रमा परिचित हुन्। साथै आमा विमला परियार पनि गायन क्षेत्रमा सक्रिय छिन्।

पछिल्लो समय दर्शक माझ लोकप्रिय कार्यक्रम 'द भ्वाइस किड्स नेपाल' मार्फत सर्बत्र चर्चा कमाएकी समृद्धि अहिले रेकर्डिङमा ब्यस्त रहेकी।

प्रतिक्रिया
सम्बन्धित समाचार