काठमाडौं। युक्रेनमाथि रुसी आक्रमणबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेनमाथि रुसी आक्रमणबारे चिनियाँ राष्ट्रपति सीको धारणा बुझ्न बाइडेनले टेलिफोन वार्ता गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । उनीहरुबीच आज साँझ टेलिफोन वार्ता हुनेछ ।
गत फेब्रुअरी २४ देखी रुसले युक्रेनमाथि आक्रमणको सुरु गरेको हो । अमेरिकाले युक्रेनमा रुसी आक्रमणको विरोध गर्दै अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्धहरु लगाएको छ । अमेरिका युरोपेली देश रुसी आक्रमणको विरोधमा छन् । चीन भने अहिलेसम्म तटस्थ छ । सोमबार इटालीको रोममा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र चिनियाँ उच्च कूटनीतिज्ञ याङ जिएछी बीचको भेटपछि बाइडेन र सीबीच कुराकानी गर्ने सहमति भएको थियो ।