बिहिवार, आश्विन १५ गते २०८३

अफगानिस्तानमा छात्रालाई पनि छात्रसंगै विद्यालय जान दिने तालिवानको निर्णय

शनिवार , चैत्र ५, २०७८

काठमाडौं। अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि छात्रसंगै विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो । उनीहरूले महिलालाई रोजगारी गर्न प्रतिबन्ध लगाएका थिए ।

तर, सर्वत्र आलोचना भएपछि उनीहरूले उक्त निर्णय फिर्ता लिइएको बताएका छन् । आलोचना, आग्रह र दबाबका कारण महिला अधिकारको पुनर्बहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्रसङ्घले धन्यवाद ज्ञापन गरेको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गरे । अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उनले शुक्रबार उल्लेख गरेका छन् ।

तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने अधिकारीले जनाएका छन् । तालिवान सरकारको यस निर्णयलाई महासचिव गुटेर्रेसले ’महत्वपूर्ण र स्वागतयोग्य’ भनेका छन् । छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरूको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उनले अपेक्षा व्यक्त गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार