बिहिवार, कार्तिक ६ गते २०८३

रुकुमपूर्वमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

शनिवार , चैत्र ५, २०७८

काठमाडौं। रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका–१२ गर्खानीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु र २ जना घाइते भएका छन् । पुथाउत्तरगंगा–१४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको रा १ त ३३७३ नम्बरका ट्रयाक्टर शुक्रवार बेलुकी गर्खानीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका तीनजनामध्ये एकको रुकुमपूर्व अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
घाइते दुईजनालाई राति रुकुमपूर्व अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको श्रेष्ठले बताए । घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको छ ।

पुथाउत्तरगंगा–१० का वीरप्रताप बुढा मगरको अवस्था खतरामुक्त रहेको श्रेष्ठले जानकारी दिए । मृत्यु हुने पुरुष र गम्भीर घाइते भएका पुरुषको पहिचान खुल्न सकेको छैन । ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार