काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मोसम पुर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आजको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।
राति देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।