आइतवार, श्रावण २४ गते २०८३

नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्र थापा मगरले जिते

आइतवार , चैत्र ६, २०७८

काठमाडौं। गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन–४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमश: ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।

झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार