सोमवार, श्रावण २५ गते २०८३

विद्यालयको हिउँदे र बर्खे बिदा कटौती, वर्षमा अधिकतम ३० दिन बिदा

बुधवार , बैशाख २८, २०७९

काठमाडौं। सरकारले विद्यालयको हिउँदे र बर्खे बिदा कटौती गर्दे वर्षभरीमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय गरेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै वर्षभरीमा अधिकतम ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाउन सबै स्थनीय तह तथा विद्यालयलाई निर्देशन दिएको हो। जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएकाले हिउँदे र बर्खे बिदालाई कटौती गर्न मन्त्रालयले निर्देशन दिएको हो।

हप्तामा २ दिन विदा दिने निर्णय भएसंगै शुक्रबार ४ बजेसम्म अध्यापन गराउन पनि मन्त्रालयको निर्देशन गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार