आइतवार, श्रावण २४ गते २०८३

‘रोलेक्स र गुचि’लाई १० दिनमै मिलियन भ्युज

बुधवार , बैशाख २८, २०७९

काठमाडौं। निर्माता, निर्देशक तथा मोडल उद्धव सिलवाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको १० दिनमा  १० लाख पटक हेरिएको छ। ‘रोलेक्स र गुचि’ बेलको गीत युएस प्रोडक्सन टिभी युट्युब च्यानलमा दशदिन अघि सार्वजनिक भएको थियो।गीत हालसम्म १० लाख बढि पटक हेरिएको छ भने सयौँ दर्शकले प्रतिक्रिया दिएका छन्। आधा दर्जन बढि म्युजिक भिडियोका निर्माता–निर्देशक रहेका सिलवाल यो गीतमा भने आफै ‘फिचर्ड’ छन्। गीतमा गायक कुसल बरालको आवाज छ।

गीतको भिडियोमा सिलवालसहित शैलि मल्ल, विना श्रेस्ठ र केहि अमेरिकन युवतिहरु देखिएका छन्। यस्तै भिडियोमा ग्याङ्ग ईस्टार भुमिकामा टेकेन्द बहादुर बिस्ट, लय नौपाने, शुुनिल अधिकारि रहेका छन्। गीतमा कमल पान्डेको सिनेमाटोग्राफी र साङ्कित उप्रेतिको र्र्याप छ।

गितका सहायक निर्माता राजेन्द्र क्षेत्री हुन।

प्रतिक्रिया
सम्बन्धित समाचार