शुक्रवार, आश्विन १६ गते २०८३

शून्य लागतमा नेपाली कामदार मलेसिया लैजाने सम्झौता

शुक्रवार , भाद्र ३, २०७९

काठमाडौं। मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि सम्झौता गरेको छ।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो। मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच बिहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेस्ठले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागत अर्थात एकरुपैयाँ पनि नतिरी मलेसिया जान पाउने छन्।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने छ। केहि समय मै थप १ हजार कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले पत्रकार सम्मेलनमा जानकारी गराए। छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए। रेष्पोन्सिबल विजनेश एलाइन्स (आरबिए)मा आवद्ध एच आर निर्देशक माईकल लिको मलेसियालगायतका देशमा विविध उद्योग रहेको छ। मलेसियामा मात्रै दुई उद्योग ४ प्लाण्ट रहेका छन्।

यो कम्पनीमा विभिन्न देशका गरी ३ हजार भन्दा बढी श्रमिक कार्यरत छन। एच आर निर्देशक माईकल लिले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको जनाउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए। यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५ सय मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओभरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था छ।

व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका अध्यक्ष सागर गिरीले शुन्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए। मेनपावरका सीईओ राजन श्रेस्ठले कामदारबाट कुनै पनि पैसा नउठाउने जनाउदै आफ्नो मेनपावरमा कुनै एजेण्ट वा मिडिलमेन नहुने र इथिकल रिक्रुटमेण्ट मात्र गर्ने बताए। यो मेनपावरले सन २०२० देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ। 

कार्यक्रममा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका एचआर लिले आफ्नो कम्पनी मलेसियाको जोहर राज्यमा रहेको र आफ्नो उत्पादन कारखानामा नेपाली कामदारहरूलाई काममा लगाउने योजना घोषणाको लागी नेपाल आई पत्रकार सम्मेलन आयोजना गरेको बताए।  माई टेक र एसेम्ब्ली एसडिएन बिएसडि सन २००४ मा स्थापित भै जोहोरवारु राज्य मलेशियामा मुख्यालय रहेको छ।

अन्तर्राष्ट्रिय र स्थानीय आवश्यकताहरू सेवा गर्दै कारखानाको साथ ४ प्लान्टहरु बाट आफ्नो उत्पादन गर्ने गरेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार