नेपालको नम्बर १ जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स आफैमा सबल र सक्षम बीमा कम्पनी मानिन्छ । बेलाबखत विवाद आए पनि आफ्नो पूरानो छबीलाई बचाउँदै कम्पनीले नयाँ सीइओ प्रवीणरमण पराजुलीलाई ल्याएको छ । केही उच्च कर्मचारीले कम्पनी छाडेर गएपनि नयाँ दक्ष कर्मचारी भित्र्याउने योजनामा नेपाल लाईफा इन्स्योरेन्स कम्पनी रहेको भेटिएको छ । दक्ष र अनुभवी सीइओ पराजुलीले सीइओकारुपमा काम थालेसंगै नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनी र प्रमोटर आशावादी छन् भन्दा अब फरक पर्दैन । हालै नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर पनि सार्वजनिक गरेको छ । बीमा लेख विक्रीमा छलाङ्ग नै मार्दै आएको यस कम्पनीले ६० रुपैया देखि ८२ रुपैयाको बोनसदर बीमितले पाउने जनाएको छ । भन्दा फरक पदैन ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ ÷७८ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७÷२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको भदौ १५ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले यो बोनसदर कायम हुने गरी सार्वजनिक गरेको देखिन्छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले अधिकतम ८२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको देखिन्छ ।
सावाधिक जीवन बीमालेख(नौलो सुरक्षित जीवन बीमा) योजना कम्पनीले गत वर्ष सार्वजनिक गरेको बीमालेख हो । गत वर्ष मात्र सार्वजनिक गरेको यस बीमालेखमा कम्पनीले राम्रो बोनसदर घोषणा गरेको छ । यस बीमालेखमा बीमितहरुले न्युनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउने देखिन्छ ।