आइतवार, श्रावण २४ गते २०८३

‘डरलाग्दो’ रुप लिंदै डेङ्गी : थप दुईको गयो ज्यान, संक्रमितको संख्या २८ हजार नाघ्यो

शुक्रवार , आश्विन १४, २०७९

काठमाडौं । सरकारले समयमै ध्यान पुर्‍याउन नसक्दा नेपालमा डेंङ्गी संक्रमणले दिनहुँ ‘डरलाग्दो’ रुप लिंदै गएको छ । नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ जना पुगेको छ ।

गएको साउनदेखि आज बिहीवारसम्म डेङ्गीका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार १०९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ ।

प्रदेशगतरूपमा सबैभन्दा धेरै बाग्मतीमा २१ हजार नौ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा तीन हजार एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश १ मा आठ सय २९, मधेस प्रदेशमा चार सय १३, गण्डकीमा ६ सय ७७, कणर्ालीमा दुई सय ३८ र सुदूरपश्चिम प्रदेशमा आठ सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार