काठमाडौँ । शिव कैलाश कला मन्दिरको प्रस्तुति कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौंका नारायण रिजालको संयोजन रहेका कलाकार हरूले आ-आफ्नो प्रस्तुति दिएका थिए ।
आयोजक गोरखनाथ सेवासमिती अघ्यक्ष केशव अधिकारी क्षेत्री, उपाध्यक्ष खेमराज बराल, व्यवस्थापक अरुण पान्डे, महासचिव नरविक्रम थापा, गोरखनाथ सेवा समिति मुल कमिटी सांस्कृतीक सम्योजक सुखदेव प्रधान, सचिव मोहन सिंहले संयोजन गर्नुभएको कार्यक्रममा दिलिप थापा डान्स एकेडेमीकोसमेत प्रस्तुति रहेको थियो ।
नारायण रिजालको संयोजनमा रहेका नेपालका कलाकारहरूमा रेनुका रिजाल, भरत पुटुवार, स्नेहा घिमिरे, युनिशा रिजाल, रोशन बुढाथोकी, शान्ता सत्याल, बिकास तामाङ, प्रतिज्ञा भण्डारी, राजकुमार सिंह तथा गायक सविन शंकर र गायिका सपना सुनामका साथमा सरु बुढाथोकी, बालकलाकार आस्तिक रिजाल र रिह्नान बुढाथोकीले प्रतुति दिनुभएको थियो ।
कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो । नेपाली भाषा, साहित्य, कला संस्कृतिमा कोलकताको गोरखनाथ सेवासमितीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । विजयादशमीको अवसरमा यो कार्यक्रम गरिएको थियो ।