शुक्रवार, आश्विन १६ गते २०८३

लघुवित्त संस्थाहरु खारेज गर्न माग गर्दै प्रदर्शन

मंगलवार , आश्विन २५, २०७९

काठमाडौं । लघुवित्त संस्थाहरु खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

लघुवित संस्थाहरुविरुद्धको संघर्ष समितिले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारसँँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो ।

लघुवित्त संस्थाहरु नव सामन्तीको रुपमा स्थापित भएको, समाजवादी अर्थतन्त्र विकास गरिनु पर्ने, लगाइएको सामुहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई ऋण प्रदान गर्न आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नलगायत पाँच बुँदे माग राखेर समितिले धर्ना र प्रदर्शन गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार