शुक्रवार, आश्विन १६ गते २०८३

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

मंगलवार , आश्विन २५, २०७९

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकका १ जना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् ।
 
बैंकका संस्थापक सेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न लागेका हुन् । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले  आवेदन दिन सक्नेछन् । 
 
सेयर खरिद गर्न इच्छुक जो कोहीले मंगलबार (असोज २५ गते) बाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार