सोमवार, श्रावण २५ गते २०८३

भोट माग्न जाँदा विरोध खतिवडा माथि हातपात

मंगलवार , कार्तिक २२, २०७९

हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् ।

उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार