काठमाडौं । आसन्न निर्वाचन मंसिर ४ मा हुदै छ । काठमाडौं क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकाे उम्मेदवारी दुर्गा विक्रम थापा चुनावी मैदानमा छन् ।
थापा यति बेला घर दैलाेमा निकै व्यस्त छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकाे उम्मेदवारी भएकै कारण उनकाे काठमाडौं क्षेत्र नम्बर ३ मा खाेजी भएकाे हाे । देशमा छाेटाे समयमा निकै चर्चा कमाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हाे ।
थापा पश्मिना व्यवसायी हुन् । लामो समय नेपाल पश्मिना व्यवसायी संघमा विभिन्न भूमिका हुँदै अध्यक्षको भूमिका निर्वाह गरिसकेका थापा निर्यात व्यवसायी महासंघका वर्तमान उपाध्यक्ष समेत हुन् । उनी व्यावसायिक क्षेत्र सँगै राजनीतिलाई समेत शुद्धिकरण गर्दै लैजानुपर्ने पक्षमा छन् ।
व्यवसायी थापा सफल युवा उद्यमी हुन् । नेपाल निर्यात परिषद् कार्यसमितिमा रहेका थापा सकारात्मक सोच र सृजनशिल स्वभावका प्रेरक व्यक्तित्वका रुपमा समेत चिनिन्छन् । उनले नेपालमा उत्पादित पस्मिनाबाट विभिन्न कपडाहरु उत्पादन गरी बाह्य बजारमा प्रवद्र्धन गर्दै आएका छन् ।
साथै यस्तो स्थितिमा व्यावसायिक प्रतिनिधिहरु स्वतन्त्र तवरबाट निर्वाचित हुन सकेको खण्डमा नीतिगत परिमार्जन एवं व्यावसायिक प्रवद्र्धनमा ठूलै फड्को मार्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दुर्गा विक्रम थापाले यसपटक मुलुकमा नयाँ सन्देश प्रवाह गर्ने उद्धेश्यले आफूहरु चुनावी मैदानमा आएकाे बताउछन् ।
यसै कारण आफूले नेपालको परिप्रेक्ष्यलाई विचार गरेर ‘घुषका विरुद्ध विष’ अभियान सञ्चालन गरेको थापा बताउँछन् । आफू मूलतः आर्थिक, सामाजिक र राजनीतिक एजेण्डा लिएर चुनावमा होमिएको थापाको धारणा छ ।
उम्मेदवारहरुलाई शुभेच्छा प्रकट गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थित भएपश्चात् आफूलाई सबै जसो व्यवसायीहरुको नैतिक समर्थन रहेको महसुश भएको बताउछन् ।
उनकाे नारा “घुसका बिरुद्ध बिस” भन्ने नाराले उनलाई यति बेला निकै चर्चामा पुर्याएकाे छ ।
जसले गर्दा आफूलाई चुनावी गतिविधिमा सक्रिय बन्न थप ऊर्जा मिलेको उनी बताउँछन् । साथै व्यावसायिक मित्रहरुबाट आफूले भौतिक सहयोगको समेत अपेक्षा गरेको धारणा उनले सोही कार्यक्रमको क्रममा बताएका छन् ।