शुक्रवार, आश्विन १६ गते २०८३

खप्तड लघुवित्तको ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार गर्न मिल्ने

सोमवार , कार्तिक २८, २०७९

काठमाडौं। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

केही अघि सर्वसाधारणमा आइपीओ जारी गरेको लघुवित्तको ४ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो।

नेप्से र खप्तड लघिवत्तबीच भएको सम्झौता अनुसार अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको उक्त सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण तथा कर्मचारीलाई बिक्री गरेको ३३ प्रतिशतले हुन आउने १ लाख ३२ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६७ प्रतिशतले हुन आउने २ लाख ६८ हजार कित्ता सेयर सूचीकृत भएको हो।

आज नेप्सेमा सूचीकृत भएको सो सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने छ। नेप्सेले कम्पनीलाई कारोबारका लागि 'केएलबीएस' संकेत प्रदान गरेको छ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०१.०७ रुपैयाँदेखि ३०३.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गरेको छ। पहिलो कारोबार सोही मूल्यमा खुल्ने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार