आइतवार, श्रावण २४ गते २०८३

गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले किन पठायो फिर्ता

बिहिवार , मंसिर २९, २०७९

काठमाडौं। साङ्गीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

पर्यटक भिसामा साङ्गीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले बताइन् । डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको उनले बताइन् ।

उनले भनिन्, ‘मैले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे जानकारी गराएँ, तर उहाँहरूले मान्नुभएन । काठमाडौँ दूतावासमा गएर पुनः पी–३ भिसा लिएर आउन उहाँहरूले भन्नुभएको छ । सोहीअनुसार दूतावासमा पुगेर काउन्सिलरसँग कुरा गर्छु ।’

पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई भनेका छन् । आफूले सन् २०१५ मै भिजिट भिसा लिएको उनले बताइन् ।

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार