काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यो सुन बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।