बिहिवार, आश्विन १५ गते २०८३

मलेसियामा पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु

शुक्रवार , पौष १, २०७९

एजेन्सी। मलेसियाको राजधानी क्वालालम्पुर नजिक पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । शुक्रबार बिहानकाे यस पहिरोमा ९२ जना फसेका थिए जसमध्ये ५३ जनाको सकुशल उद्धार गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी कार्य जारी छ ।

मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर बिहान करिब ३ बजे भएको हो ।

सडक छेउमा रहेको अर्गानिक फार्म दुर्घटनाको चपेटामा परेको छ । यो फार्मले मानिसहरूलाई यहाँ क्याम्पिङ गरेर बस्ने सुविधा दिने गरेकाे छ ।

करिब १०० फिट उचाइबाट यो क्याम्पमा भग्नावशेष खसेको र करिब एक एकड क्षेत्रफलमा फैलिएको दमकल विभागका निर्देशकले बताए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार