धनगढी। सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थपिएको छ। मङ्सिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थपीएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलन गर्दे कैलाली उद्योग वाणिज्य सघंले महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने जानकारी गराएको हो।