बिहिवार, आश्विन १५ गते २०८३

आवासीय भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

शनिवार , पौष २, २०७९

पेरिस। फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन–भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो । आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए । आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । 

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार