शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रोस्कुनको कोषाध्यक्षमा केशव दंगाल निर्विरोध

शनिवार , पौष २, २०७९

काठमाडौं। बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)को कोषाध्यक्षमा केशवप्रसाद दंगाल निर्विरोध निर्वाचित भएका छन्। 

यसअघि लेखा सुपरिवेक्षण समिति संयोजक रहेका दंगाल दोस्रो साधारण सभाबाट कोषाध्यक्ष निर्वाचित भएका हुन्। 

यस्तै महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, सदस्यमा कृष्ण सुवेदी र तारानाथ सापकोटा पनि निर्विरोध निर्वाचित भएका छन्। 

गत स्थानीय निर्वाचनमा महिला उपाध्यक्ष, कोषाध्यक्ष र दुईजना सदस्य जनप्रतिनिधि भएसँगै ती पद रिक्त थिए। दोस्रो साधारणसभाबाट पदपूर्ति गरिएकको हो। 

बागमती प्रदेशका १३ जिल्लामा कार्यक्षेत्र बनाएका बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन प्रोस्कुनले सहकारीको अनुगमनका साथै व्यावसायिक र गैरव्यवसायिक दुवै सेवासहित शिक्षा र तालिम पनि दिँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार