काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षणमा २ हजार १० जना र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९१६ परीक्षणबाट ८९५ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार बुधबार एक हजार ६ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ ।
यसैविच काठमाडौंमा दुई सय ९४,भक्तपुरमा ६९ र ललितपुरमा ६२ गरी उपत्यकाभित्र कूल चार सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।