काठमाडौं। कांग्रेसको संस्थापन ईतर समूहबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा उठाउने उम्मेदवारका बिषयमा छलफल गर्न शेखर—गगन समूहको बैठक बसिरहेको छ।
होटल एम्बासडरमा जारी बैठकले साझा उम्मेदवार बनाउने प्रयत्न गर्नेछ। आजै ११ बजे आफ्नो समूहका अन्य नेताहरुसँग पनि छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।
बैठकमा नेताहरु धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।
यसअघि सोमबारपनि बैठक बसेको थियो, तर साझा उम्मेदवारमा सहमति नभएपछि बैठक अ ाजका लागि सारिएको थियो।
आजै दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।