शुक्रवार, आश्विन २३ गते २०८३

शेखर-गगनबीचको छलफलमा जुटेन सहमति

मंगलवार , पौष ५, २०७९

काठमाडौं। संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट एकल उम्मेदवार तय गर्ने विषयमा कांग्रेस महामन्त्री गगन थापा र शेखर कोइरालाबीचको छलफल सकिएको छ । 

लैनचौरको एक होटलमा भएको छलफलमा दुवै नेता दलको नेतामा उम्मेदवारी दिने आ आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न  नसकेको नेताहरुले बताएका छन् । 

बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, चन्द्र भण्डारी  हृदयराम धानीलगायत सहभागी थिए ।

दुई नेताबीच सहमति नजुटेपछि थप छलफलका लागि अनामनगरको बेसेरा होटेलको बस्न लागेको संस्थापनइत्तरको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन शीर्ष नेताहरु त्यसतर्फ प्रस्थान गरेका छन् । 

छलफलपछि नेता अर्जुननरसिंह केसीले ईतर पक्षबाट एकजना मात्रै उम्मेदवार प्रतिस्पर्धामा जानेमा ढुक्क रहन र छलफल सकारात्मक भइरहेको जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार