काठमाडौं। प्रतिनिधिसभामा नवनिर्वाचि सांसदमध्ये राप्रपाका पशुपति शमशेर जबरा जेष्ठ सांसद ठहरिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उनैले अन्य सांसदहरुलाई पुस ७ गते शपथ गराउने भएका छन् ।
संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने, ‘निर्वाचित सांसदहरुको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपति शमशेर राणा देखिनुभएको छ । त्यसैले उहाँलाई ज्येष्ठ सांसदका रुपमा राष्ट्रपति समक्ष सपथका लागि सिफारिस गरिएको छ।'
राणाले राष्ट्रपतिबाट सपथ लिएपछि अन्य २७४ सांसदहरुलाई सपथ गराउनेछन्।
यसअघि महेन्द्र यादव, चित्रबहादुर केसी वा पशुपति शमशेर जवरामध्ये को ज्येष्ठ सदस्य भन्ने विवाद थियो । यो विवाद भएपछि संसद सचिवालयले निर्वाचन आयोगको रेकर्ड र नागरिकता भिडाएर ज्येष्ठ सदस्य निर्क्योल गरेको हो ।