सोमवार, श्रावण २५ गते २०८३

मनास्लु वर्ल्ड कलेजको अभिमुखीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न

मंगलवार , पौष ५, २०७९

काठमाडौं। मनास्लु वर्ल्ड कलेजले बीबीएसका विद्यार्थीहरू लक्षित अभिमुखीकरण तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार स्मार्ट प्यालेसमा आयोजित कार्यक्रमका बिच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले स्थापनाकालको तेस्रो वर्षमै कलेज काठमाडौँको एक राम्रो कलेजमा पर्न सफल भएको बताए । स्थापनाको छोटो समयमै उत्कृष्ट कलेजको परिचय बनाएको मनास्लु स्नातक तहमा पनि त्यही प्रतिष्ठा कायम गर्ने गरी अगाडि बढिरहेको उनको भनाइ थियो। फरक सोच सहित स्थापित कलेज भएकाले कार्यक्रम पनि फरक हिसाबले राखिएको र उत्प्रेरणा तथा मनोरञ्जनले भरिपूर्ण बनाएको उनले उल्लेख गरे ।

No description available.

कार्यक्रमका मुख्य वक्ता कर्ण शाक्यले शिक्षक तथा विद्यार्थीलाई आफ्नो लामो अनुभव सुनाउँदै ‘बीबीएस राम्रोसँग पढे विदेश जान जरूरी नभएको र देशमै सफल व्यवसायी हुन सकिने बताए ।’ त्यस्तै, कार्यक्रमका प्रमुख कामपा वडा-७ का वडा अध्यक्ष तथा अतिथि विमलकुमार होडाले विद्यार्थी शिक्षकसँगै सिङ्गो संस्थालाई नै सफलताको शुभकामना दिए ।

मनास्लु वर्ल्ड कलेजका डाइरेक्टर तथा क्याम्पस प्रमुख राजन श्रेष्ठले जीवनमा समस्या चुनौतीहरू आएपनि हरेक कुरामा सकारात्मक सोच लिएर अगाडि बढ्दा सफल हुन सकिने भन्दै विद्यार्थीहरूलाई उत्प्रेरणा दिएका थिए । उनले कितावी ज्ञान मात्र भएर विद्यार्थीलाई नपुग्ने बताउँदै अन्य कलेजको तुलनामा मनास्लु कलेजले विभिन्न फरक र सकारात्मक प्रयोगात्मक ज्ञान दिँदै आएको जानकारी गराएका थिए ।

No description available.

No description available.

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार