शुक्रवार, आश्विन २३ गते २०८३

गगनले भने- सरकारमा जान्नँ, आलोपालोको लेनदेनकाे जिम्मा पार्टीले लिंदैन

बुधवार , पौष ६, २०७९

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेतामा पराजित भएका महामन्त्री गगन थापाले आफू अब सरकारमा नजाने बताएका छन् । 

सञ्चारकर्मीसँग कुरा गर्दै गगनले दलको नेताका लागि नै फेरि प्रयास गर्नेसमेत बताएका छन् ।

‘म अहिले सरकारमा जाने विषयमा सोचेको छैन, दलको नेताकै लागि फेरि प्रयास गर्नेछु तर कांग्रेसको नाममा हुने कुनै पनि निर्णय पारदर्शी भएनन् र सम्बन्धित कमिटीभित्र छलफल भएनन् भने व्यक्तिगत निर्णय हुनेछ’ उनले भने । 

साथै, पार्टीको जानकारी बेगर आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिएको खण्डमा पार्टीले त्यसको स्वामित्व नलिने उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार