शुक्रवार, आश्विन २३ गते २०८३

कोइराला र सिटौला पक्षकै मत पाएनन् गगनले

बुधवार , पौष ६, २०७९

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा पराजित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेताको लागि उम्मेदवारी दिएका थापा पराजित भएका हुन् । बुधबार बिहान भएको निर्वाचनमा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत मात्र पाए । 

शेखर कोइराला समूहको समर्थनमा दलको नेतामा उम्मेदवारी दिएका थापालाई सोही समूहका ६ जना सांसदले समेत मत नदिएको पाइएको छ । 

शेखर कोइराला समूहमा रहेका ३१ सांसद  र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गरेका थिए । यद्यपि आफ्नै पक्षका सांसदले समेत थापालाई पत्याएको देखिएन । सभापति देउवाले कोइराला र सिटौला पक्षको मत समेत पाएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार