शुक्रवार, आश्विन १६ गते २०८३

नेप्सेमा झिनो अंकको गिरावट

बिहिवार , पौष ७, २०७९

काठमाडौं। सातामा सेयर कारोबारको अन्तिम दिन आज सेयर बजार झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६१.२१ विन्दुमा अडिएको छ । नेप्से घटेपनि सेयर कारोबार अघिल्लो कारोबार दिन बुधबारभन्दा बढेको छ ।

आज १ अर्बमाथिको सेयर कारोबार भएको छ । हिजो ८६ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो ।  २४७ कम्पनीको ३१ लाख ११ हजार८३३ कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाख ७ हजार ९२१ रुपैयाँको सेयर कारोबार भयो ।

दुई कम्पनीको  सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो। सिर्जनशील लघुवित्त वित्तीय र धवलागिरि लघुवित्त वित्तीयको सेयर मूल्य १०  प्रतिशतले बढेको हो ।

आज ११ समूहको सूचक नकारात्मक देखिएका छन् । होटल्स् एन्ड टुरिजम समूहको सूचक सर्वाधिक २.२८ प्रतिशतले घटेको हो । बैंकिङ, म्युचुअल र अदर्श समूहको सूचक भने उकालो लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार