बिहिवार, आश्विन १५ गते २०८३

भारतमा सेनाको ट्रक दुर्घटना, १६ जनाको मृत्यु

शुक्रवार , पौष ८, २०७९

नयाँ दिल्ली। भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ।

दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना लिएर चटनबाट थंगु गइरहेका थिए। मोडमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल पुगेको थियो। 

भारतीय सेनाले जनाएअनुसार दुर्घटना भएलगत्तै उद्धार सुरु गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार