काठमाडौं। गीतकार टेक तामाङको ‘तिमी सागर’को म्यूजिक भिडियो सार्वजकि भएको छ।
टेक तामाङ अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गीतमा कन्काइष्ट राईको सङ्गीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर, साहस शाक्यको सङ्गीत संयोजन रहेको छ।
सनम कठायत र रिचा थापाले अभिनय गरेको भिडियोमा दीपक गिरीको छायाङ्कन, विकास दाहालले भिडियो सम्पादन तथा जनक सिंहले निर्देशन गरेका छन् ।
गीतमा हिमाल र सागलको अटल मिलन भएको बिषयलाई प्रमिकासंग चित्रण गरिएको छ। जयाँ हिमालाको रुपमाप्रमी र सागरको रुपमा प्रेमीलाईइंगित गरिएको छ।
गीतमा नदी र बादलको माध्यमबाट हिमाल र सागरको मिलन भए जस्तै दुई प्रेमी बीचको हिमाल र सागरको बिम्बात्मक मिलनलाई यौनिक प्रतिकात्मक मिलनको रूपमा समेत लिन सकिन्छ।
प्रेमीले भन्छ‚ ‘तिमी सागर, तिमी गहिरिंदैजाऊ, तिमी फैलिदैजाऊ’ अनि प्रेमिका भन्ििछन्, ‘तिमी हिमाल, तिमी अग्लिदैजाऊ, तिमी चम्किदैजाऊ’।
गीतकार तामाङ लामो समयदेखि गीतकारको भूमीकामा रहेर बिभिन्न प्रस्तुतीहरु दर्शक/श्रोतामाझ सार्वजनिक गरिसकेका छन्।
गीतकार तामाङको यसअघि ‘नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी‚‘नेपाल आमा, ‘गुराँसको रातो रंग’, ‘तिमी सागर’ सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् ।