काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लब’ बीच भेट वार्ता भएको छ।
सर्वोच्च अदालतको आदेशसँगै हालै शान्तिपूर्ण राजनीति अगांलेको घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता बढेको छ। बुधबार ‘प्रचण्ड’लाई उनको निवास खुमलटार गएर पूर्व माओवादी घटक एक हुनु पर्ने प्रस्ताव गरका विप्लव बिहीबार नेकपा एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।
उक्त भेटमा नेकपमा माओवादी अध्यक्ष दाहाल पनि मिसिएका छन्। साथमा धर्मेन्द्र वास्तोला पनि देखिएका छन्।